फस्टलुक सार्वजनिक गर्दै ‘महापुरुष’को प्रदर्शन मिति तय

फिल्म ‘दाल भात तरकारी’पछि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नयाँ फिल्म ‘महापुरुष’ दर्शकमाझ आउने भएको छ । दुबै कलाकारका प्रिय निर्देशक प्रदिप भट्टराई निर्देशित यो फिल्म कार्तिकको ११ गतेबाट रिलिज हुने भएको हो ।

फिल्ममा मह जोडीका अलवा गौरी मल्ल, रबिन्द्र सिंह बाँनिया, राजाराम पौडेल, नव कलाकारद्धय अरुण क्षेत्री र अन्जना बराइलीको अभिनय छ । प्रदीप भट्टराईकै लेखन रहेको फिल्ममा दिपेश खत्रीको लगानी छ । रविन्द्र सिंह बाँनिया कार्यकारी निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन छ ।

फिल्मको फस्टलुकमा हरिवंशलाई पिजडा बाहिर राखिएको सुँगासँग देखाइएको छ । यस्तै, अर्को पोष्टरमा बैबाहिक समारोहबाटै भागेका हरिवंश र गौरी मल्ललाई देखाइएको छ । यसैले, फिल्मले सामाजिक कथालाई बलियो तरिकाले देखाएको अनुमान गर्न सकिन्छ ।