बिदुर पाण्डेलाई संझिएर भक्कानिए कलाकार

बरिष्ठ छायांकार बिदुर पाण्डेको निधन भएको छ ।

घरमा असहज भएपछि अस्पताल लगिए पाण्डेको आज बिहान गगांलाल अस्पतालमा हृदयघातका कारण असामाहिक भएको हो । पाण्डेको अस्पतालमै ६ बजे निधन भएको थियो । उनको निधन प्रति कलाकार, संगित क्षेत्रका लगाएत थुपरै व्यक्तीहरुले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

पाण्डेको निधनमा कलाकारहरुले यसरी सम्झेका छन्ः नायिका करिश्मा मानन्धरले लेखेकी छन्, ‘ओहो ! कस्तो दुःखद् खबर !! वरिष्ठ छायांकार विदुर पाण्डे रहनु भएन भन्ने खबरले स्तब्ध बनायो ।
हार्दिक श्रद्धाञ्जली ।’

यस्तै, नायिका केकी अधिकारी लेखछिन् ‘हामी धेरैको कला यात्रामा यहाँको योगदान अमूल्य छ। आँखाले देख्ने भन्दा नि सुन्दर दृश्य मनबाट पर्दा र टेलिभिजनमा कैद गर्न सक्ने क्षमता र नयाँ आएका हामी सबैलाई हौसला र भबिस्य छ भन्न्ने सपना बाढ्नुभएकोमा हार्दिक आभारी छौँ ।

मान्छेको जीवन मरेर जाने चोला न हो। बाँचुन्जेल आफ्नो जीवन आफ्नो मनले चाहेको कला र मनोरञ्जन क्षेत्रमा समर्पित गर्न पाउने भाग्य लिएर जो कोही जन्मिएको हुदैन। यस अर्थमा एउटा सार्थक जीवन बाँचेर जानुभएको छ। सम्झनामा आइरहनुहुनेछ दाइ। भगवानले भाउजू, बाबू अनि परिवारलाई यो दुख सहने शक्ति प्रदान गरून्। भावपूर्ण श्रद्धाञ्जली बिदुर दाइ ।’

यस्तै, अभिनेता राज बल्लभ कोइरालाले लेखेका छन् ‘सबै सम्झनाहरूको लागि धन्यवाद। मिडिया जगत र भिडियो उद्योगमा तपाईंको योगदान सधैं सराहना र सम्झना हुनेछ। हजुरको आत्माले चिर शान्ति प्राप्त गरोस्। भावपूर्ण श्रद्धाञ्जली दाइ ।’

अर्का कलाकार आसिफ शाहले लेखेका छन् ‘निःशब्द, हामी तपाँईलाई माया गर्छौं बिदुर पाण्डे दाई। हजुरको आत्माले शान्ति पाओस्।’

पाण्डेको निधन प्रति सञ्चारकर्मी नरेश भट्टराईले लेखेका छन् ‘अविश्वसनीय, अत्यन्तै दुखद खबर वरिष्ठ छायांकार विदुर पाण्डे रहनु भएन भन्ने खबरले स्तब्ध बनायो । हृदयघातका कारण बिदुर दाईले यो धर्ती छोड्नु भो, आत्मीय दाईप्रति हार्दिक श्रद्धाञ्जली। बैकुण्ठ बास होस् ।’

निर्देशक मिलन चाम्सले लेखेका छन्, ‘अविश्वसनीय, अत्यन्तै दुखद खबर‘।। वरिष्ठ छायांकार विदुर पाण्डे दाई आज बिहान हृदयघात बाट निधन भएको खबरले स्तब्ध बनाएको छ आत्मीय दाईप्रति हार्दिक श्रद्धाञ्जली । बैकुण्ठमा बास होस् ।’

यस्तै निर्देशक हरि हुमागाईंले लेखेका छन् ‘हार्दिक श्रद्धा सुमन । महागुरु तपाइले सिकाउनु भएको संस्कार अनि काम सधै अमर राख्ने छौ हुजरलाई शान्ती मिलोस हामी सदाको लागि सम्झिरहने छौ।’