अनमोलसँग ‘छड्के २’मा देखिदै रेशा

निर्माणपक्षले फिल्मको छायांकन सुरु भएपछि पनि ‘छड्के २’की नायिकाको नाम लुकाइरहेको थियो । तर, निर्माणपक्षको प्रयासको बाबजुत पनि यसकी नायिकाको तस्वीर मिडियामा सार्वजनिक भएको थियो ।

यो फिल्ममा नायक अनमोल केसी ग्याङस्टारको भूमिकामा देखिदैछिन् । फिल्ममा उनको जोडीको रुपमा मोडल रेशा आलेमगरले काम गरिरहेकी छिन् । पेशाले मोडल रेशाको भूमिका फिल्ममा के छ भन्ने खुलेको छैन ।

चितवनमा छायांकन भैरहेको फिल्मको केही दिनमै मुस्ताङ सेड्यूल सुरु हुनेछ । फिल्मलाई निगम श्रेष्ठले निर्देशन गरिरहेका छन् । फिल्ममा प्रशान्त गिरी र देवु श्रेष्ठको लगानी छ ।

यो फिल्ममा अनमोल ग्याङस्टारको भूमिकामा देखिदैछन् । जडिबुटीको कारोबारका क्रममा २ ग्याङबिच हुने झगडाको कथालाई फिल्ममा देखाइएको छ ।