प्राविधिक कारण जनाउँदै सोमबारदेखि मात्र हिन्दी ‘प्रेमगीत ३’ रिलिज हुने

हिन्दी भाषामा डब गरिएको नेपाली फिल्म ‘प्रेमगीत ३’लाई संचार मन्त्रालयले नेपाली फिल्म नै भनेको छ । आज चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसँग संचार मन्त्रालयका प्रतिनिधीले छलफल गरेका थिए । छलफलपश्चात यो फिल्मलाई पनि नेपाली फिल्म नै भन्नुपर्ने मन्त्रालयले बताएको हो ।
तर, यो फिल्मको रिलिज भने भोली शुक्रबारदेखि नहुने भएको छ । भोली शुक्रबार दर्शकले अब नेपाली भाषामा मात्र यो फिल्म हेर्न पाउनेछन् । तर, हिन्दी भाषामा भने घटस्थापनादेखि रिलिज गरिने निर्माता सन्तोष सेनले जानकारी दिएका छन् । उनले, सामाजिक संजालमार्फत हिन्दी भाषाको फिल्म रिलिजमा ढिलाई भएको भन्दै दर्शकसँग माफी मागेका छन् । उनले, यसको कारण पछि जानकारी दिने पनि उल्लेख गरेका छन् ।
नेपालका हलमा नेपाली भाषामा बुकिङ खुलिसकेको छ । सन्तोष सेन र स्वर्गीय छेतन गुरुङको निर्देशनमा तयार भएको यो फिल्मले बक्स अफिसमा बम्पर ओपनिङ गर्ने अपेक्षा गरिएको छ । फिल्मले हिन्दी भाषामा पनि बम्पर कारोबार गर्ने प्रक्षेपण गरिएको छ ।

असोज २६ मा बासेन्जी

‘डिग्री माइला’: रामबाबुलाई ‘कबड्डी’को ह्याङबाट मुक्त हुनुपर्ने चुनौती

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

हरिवंश आचार्य भन्छन् - चिकित्सकमाथिको हातपात तुरुन्त बन्द हुनुपर्छ

ब्रान्ड बजारमा बेनिशाः डिजिटल माध्यमले बढायो कमाई

अनमोलले छाडेका कतिवटा फिल्म बने ?

प्रतिक्रिया