‘नालापानी’को टिजरमा नेपाली विरहरुको कथा

तिहारको छेको पारेर कार्तिक ४ गतेबाट फिल्म ‘नालापानी’ रिलिज हुँदैछ । यो फिल्मको बिहिबार ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्मको टिजरमा नालापानीको युद्धमा नेपाली फौज र अंग्रेजहरुविचको लडाई देखाइएको छ । रिमेश अधिकारीको निर्देशनमा तयार भएको यो फिल्मले सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज र नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइलाई देखाएको छ ।

यो फिल्मले आगामी पुस्तालाई आफ्ना पिता र पुर्खाले देशलाई बदनामी हुनबाट कसरी जोगाएका थिए भन्ने सन्देश दिने निर्देशक रिमेश अधिकारीले बताए । यो फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, इशान विजु श्रेष्ठ लगायतका कालकारको अभिनय छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्शन, वीर गोर्खाली फिल्मस्, गंगा नारायण फिल्म प्रोडक्शन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा अच्युत गजुरेलको भीएफएक्स, रामशरण उप्रेतीको छायांकन, विपिन मल्लको सम्पादन, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी, डीजे एलेक्स र सुजिल कर्माचार्यको संगीत छ ।

रिमेश अधिकारी र मनोज शाक्यले लगानी गरेको यो फिल्मले नेपालको ऐतिहासिक घटनाक्रमलाई पर्दामा देखाएका कारण पनि दर्शकका लागि विशेष हुने अपेक्षा गरिएको छ ।