सिमरामा केएसआर मुभिजका दुई हल सञ्चालन

बाराको सिमरामा अत्याधुनिक केएसआर मुभिजका दुई हल सोमबारदेखि सञ्चालनमा आएका छन् ।

२ सय र १ सय २१ जना दर्शक अटाउने सो हल बिहान ७ बजेदेखि ९ बजेसम्म दैनिक १० सो सञ्चालन गर्ने छ । उच्च प्रविधिका प्रोजेक्ट र अत्याधुनिक साउण्ड सिस्टमसहितकोे स्क्रिन रहेको बताइएको छ ।

मुभिजका सञ्चालक सुदिप लामाले ५ सय दरका ९ बटा आरारामदायी रिजलाइन सोफा, र थ्रिडी बापत ५० रुपैयाँ थपमा दर्शकले लक्जरियस अनुभवमा फिल्म हेर्न सक्ने बताए ।

फिल्म टिकटको मूल्य १ सय ९० देखि ५ सय रुपैयाँसम्म निर्धारण गरिएको छ ।