कमेडी नै कमेडीले भरिएको ‘के घर के डेरा’को ट्रेलर

कार्तिकको ४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘के घर के डेरा’को ट्रेलर आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । महेश दवाडीको कथामा तयार भएको फिल्मको ट्रेलरमा कमेडी नै कमेडी संवाद समावेश गरिएको छ ।

दीपेन्द्र के खनाल निर्देशित फिल्मको ट्रेलरमा नायकद्धय विपिन कार्की र दयाहाङ राई हाबी छन् । विपिनको भर्सटायल अभिनयले दर्शकलाई उत्साहित बनाउँछ । फिल्ममा नायिकाद्धय वर्षा राउत र सुरक्षा पन्तलाई २ नायकको जोडीको रुपमा देख्न पाइन्छ ।

फिल्ममा रविन्द्र झा, आशान्त शर्मा, लक्ष्मी गिरी, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय छ ।

सिंगे लामाको कथा रहेको फिल्ममा दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन छ । फिल्ममा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता हुन् । यूवराज कार्की कार्यकारी निर्माता रहेको यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ । फिल्मले घर र डेराको कथा भन्ने यसका मुख्य कलाकारहरुको भनाई छ । निर्देशक खनालले घर र डेराको कथालाई रमाइलो तरिकाले प्रस्तुत गरिएको सुनाए ।