मल्टिस्टारर फिल्म ‘लाखे’ ट्रेलर : रहस्य, द्वन्द्व र सम्बन्धका आयाम

मल्टिस्टारर फिल्म ‘लाखे’को ट्रेलर सार्वजनिक भएको छ ।

कात्तिक ११ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लाखे’को ट्रेलरमा रहस्य, द्वन्द्व र सम्बन्धका आयामलाई प्रस्तुत गरिएको छ ।

सम्राट बस्नेत निर्देशीत फिल्ममा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशिल सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणालगायतको मुख्य भूमिका रहेको छ ।

नेवारी परम्परामा आधारित लाखे संस्कृति र त्यसपछिको रहस्य बनाएर निर्माण भएको फिल्म सस्पेन्स र थ्रीलले भरिएको आँकलन गर्न सकिन्छ ।

अपराध नेक्सस र प्रहरीको जासूस फिल्म भएकाले सम्राट बस्नेत निर्देशित फिल्मलाई दर्शकले रुचाउने अनुमान छ ।

गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुसन प्रजापतिले खिचेका हुन् ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरिवन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा,सम्वाद आकाश बरालले लेखेका हुन । दीपक बज्राचार्यको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, निर्देशक सम्राटकै द्वन्द्व निर्देशन रहेको छ ।

फिल्मलाई आरआर फिल्मस्को बितरण गर्दैछ ।