अंंश माग्न देउ भन्दै उषा र गीता

गायिका कमला थापाको ‘अंश माग्न देउ’ बोलको गीत सार्वजनिक भएसँगै यसले चर्चा पाइरहेको छ । शब्द, संगीत तथा एरेन्ज बाबुल गिरीको रहेको गीतमा गायिका कमला थापाको स्वर सुन्न सकिन्छ ।
निर्देशक माइकल चन्दले निर्देशन गरेको भिडियोमा मोडलद्वय उषा उप्रेती र गीता ढुंगाना प्रस्तुत छन् । उषा र गीतासंगै कमला थापा, नारायण थापा, बेग बहादुर कार्की, दिपा कार्की, सुन्दर कार्की र सेजन कार्की लगायतको पनि अभिनय छ । नवराज उप्रेतीले खिचेको भिडियोमा शिलन लम्सालले सम्पादन गरेका छन् ।
एकपछि अर्को हिट भिडियो निर्देशन गर्दै आएका माइकल चन्दले यो भिडियोमा नयाँ कन्सेप्टमा काम गरेको बताएका छन् । उनि ‘अंश माग्न देउ’ भिडियोलाई दर्शकले माया दिनेमा आशाबादी देखिएका छन् ।
भिडियमा छोरा–छोरी बराबर हुन् भन्ने सन्देस दिएको छ । छोरीले पनि छोरा समान अंश पाउनुपर्छ, बरु बिहे गरेर श्रीमानलाई माइतमै राख्ने भन्दै रमाइलो शैलीमा भिडियोको कथा प्रस्तुत गरिएको छ ।

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

गीतकार सरला श्रेष्ठका गीतहरू समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

केतनको ‘आयो तिहार’

‘मलाई छेक्यो तिम्रै मायाले’ सार्वजनिक

प्रतिक्रिया