‘डिसेम्बर फल्स’को टिजरमा दर्शक भन्छन्–‘आर्यनको धमकेदार कमब्याक’

पौषको १५ गतेबाट देशव्यापी रुपमा रिलिज हुन लागेको फिल्म ‘डिसेम्बर फल्स’को टिजरले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । विशेषगरि, फिल्मको टिजरमा प्रस्तुत गरिएको एक्सन, ब्याक ग्राउन्ड म्यूजिकले दर्शकको ध्यान तानेको छ ।

यो फिल्मको टिजरमा नायक आर्यन सिग्देलले नायिका उपासना सिंह ठकुरीका लागि गरेको संघर्ष देखाइएको छ । टिजरले दर्शकको गज्जबको प्रतिक्रिया पाइरहेको छ । टिजर हेरेका अधिकांश दर्शकले यो फिल्मबाट नायक आर्यन सिग्देलको बलियो कमब्याक हुने अपेक्षा गरेका छन् ।

आर्यनको कमर्सियल रुपमा सफल फिल्म नआएको धेरै बर्ष भैसकेको छ । यसैले, यो फिल्मले आर्यनलाई फिल्म क्षेत्रमा बलियो कमब्याक गराउने अपेक्षा छ ।

प्रविण झाको निर्देशनमा तयार भएको फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।