बिहे पार्टीमा करिश्माले गरिन् सलोन र शोभितसँग यस्तो वाचा

नायक सलोन बस्नेत र एयर होस्टेज करिश्मा केसीले सोमबार बिहे गरे । बुधबार उनीहरुले काठमाडौंको पाँच तारे हायात प्यालेसमा भव्य पार्टीको आयोजना गरे । फिल्म क्षेत्रका अधिकांश मानिसहरु उपस्थित भएको यो पार्टीमा सलोन रोए । बहिनी सलिना बस्नेतले एउटा गीतमा नृत्य गरेपछि सलोनको आँखा रसाएका थिए ।
सलोनले पनि बहिनीले आफूलाई धेरै रुवाएको बताए । मिडियासँग कुरा गर्दै सलोन र करिश्माले बिहे गर्दा मज्जा आउने अनुभव सुनाए । तर, दुबैले पिता शोभित बस्नेतसँग भने परिवारलाई एक बनाएर अगाडि लैजाने वाचा गरे । शोभितले पनि आफूलाई मात्र नभएर सिंगो बस्नेत परिवारलाई नै साथ लिएर अगाडि बढेको खण्डमा आफू खुशी हुने बताए । करिश्माले आफूले बस्नेत परिवारको एकतालाई अगाडि बढाउने बताइन् ।
यस्तै, नायक सलोन बस्नेतले पनि आफूमा रहेका केही अपूर्ण कुराहरु करिश्माको आगमन पछि पुरा भएको बताए । यसअघि बस्नेत परिवारलाई एक बनाउन आफ्ना पिताले खेलेको भूमिका अब आफूले खेल्ने सलोनको तर्क थियो ।
सलोनले यसो भनिरहँदा शोभितले नाती वा नातिनी भएपछि सबै काम छाडेर उनीहरुकै स्याहार गर्ने बताएका थिए ।
‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक

‘मनसँग मन’को ट्रेलर: वर्षा र पुष्पको आकर्षक केमेस्ट्री र प्रेममा आउने उतार- चढाव

स्वस्तिमा भन्छिन्–‘२ मिनेटको भूमिकाको प्रतिक्षा छ’

पशुपति प्रसाद-२ ‘भस्मे डन’ को घोषणा, फूलपातीमा प्रदर्शन हुने

गायक प्रमोद खरेलले आफ्नो पारिश्रमिक घाइतेको उपचारमा खर्च गर्ने

प्रतिक्रिया