गायक सुनिल गिरीले गरे जर्मनमा बिबाह

गायक सुनिल गिरीले बिहे गरेका छन् । उनले जर्मनमा बस्दै आएकी प्रेमिका अन्जु आचार्यसँग लगनगाँठो कसेका हुन् । सामाजिक संजालबाट उनले बिहे गरेको जानकारी दिएका हुन् ।

जर्मनीमा बस्दै आएकी अञ्जुसँग बिहे गरेको जानकारी दिदै सुनिलले अब उनी आफ्नो घरको इज्जत भएको पनि उल्लेख गरेका छन् ।

उनीहरु केही बर्षदेखि प्रेममा रहेका थिए । सुनिलले आफ्नो जीवनसाथीलाई समर्पित गर्दै ‘भाग्यमानी’ बोलको गीत समेत सार्वजनिक गरेका छन् । सुनिलले ‘सोल्टिनी, झरी परेको राता, झम्के साँझ, को होला त्यो’ बोलको गीत सार्वजनिक गरिसकेका छन् ।