दुई नम्बरी निर्माताको ‘हात्तीछाप’ निर्देशन सिमोस सुनुवारले गर्ने !

फिल्म ‘पोइ पर्यो काले’, ‘२ नम्बरी’ बनाएका निर्माता किरण नेपालीले आगामी नयाँ फिल्म ‘हात्तीछाप’ बनाउने घोषणा गरिसकेका छन् । यो फिल्मको छायाङ्कन चैत्रबाट सुरु गर्ने तयारी छ । ‘हात्ती छाप’ सामाजिक कथावस्तुमा निर्माण हुने बुझिएको छ । यो फिल्मलाई लेखक प्रदीप भारद्वाजले लेखेका हुन् ।

नेपालीले ‘हात्तीछाप’को कथा पढेपछि प्रभावित भएर अरू बाँकी निमार्णमा रहेका फिल्मलाई थाती राखेर यसैलाई छिटो छायाङ्कन पुर्याउने पक्षेमा पुगेका थिए ।

रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा यो फिल्ममा फिल्ममा ‘२ नम्बरी’ कै केही कलाकारहरू रहने बुझिएको छ । तर फिल्म ‘हात्ती छाप’को  निर्देशक को रहने भन्ने कैतुहल्ता रहेको छ । मेरो फिल्म डटकमलाई प्राप्त जानकारी अनुसार ‘हात्ती छाप’ लाई चर्चित निर्देशक सिमोस सुनुवारले निर्देशन गर्ने भएका छन् ।

निर्माता नेपाली र निर्देशक सुनुवारबिच कुराकानी भइसकेर बाँकी कामको तयारीमा अघि बढिसकेको स्रोतले बताएको छ । निर्देशक सुनुवारले यस अघि  फर्स्ट लभ, मिसन पैसा, मिसन पैसा २, झ्यानाकुटी लगायत फिल्म निर्देशन गरेका छन् ।