कमल र मेलिनाको ‘एनी प्रोब्लम’

गायक कमल रसाइली र गायिका मेलिना राइको ‘एनी प्रोब्लम’ गीत सार्वजनिक गरिएको छ । गीतमा टेकु क्षेत्रीको शब्द, हरि लम्सालको संगीत छ । यो गीतको भिडियोलाइ दि कार्टुन क्रुले तयार पारेको हो । भिडियोमा कार्टुन क्रुको टिमलाई नै देख्न सकिन्छ । भिडियोलाई आश्मा विश्वकर्मा र सुविन चौहानले कोरियोग्राफी गरेका हुन् । यस्तै, भिडियोको निर्देशक भने र सरोज अधिकारी हुन् ।

यसैविच, यो भिडियोको टिमले कभर भिडियो प्रतिस्पर्धा समेत आयोजना गरेको छ । सेप्टेम्बर ३ सम्म भिडियो तयार पारेर पठाउन सकिनेछ । नोभेम्बर १५ मा कभर भिडियोको नतिजा सार्वजनिक गरिने बताइएको छ । विजेताले ५० हजार नगद र दि कार्टुन क्रु जुनियरसँग नयाँ भिडियोमा नृत्य गर्न पाउने बताइएको छ ।