बाँके, बर्दिया र दाङमा ‘भुरभुरा रहर’

थारु भाषाको फिल्म भुरभुरा रहर नेपालका विभिन्न स्थानमा प्रदर्शन भैरहेको छ । आजबाट भूवर भवानी माघी मेला, राप्ती सोनारी  बाँके, राजापुर माघी महोत्सव बर्दिया तथा ठाकुरद्वारा थारू होम रिसोर्ट, बर्दियामा प्रदर्शन भैरहेको छ । त्यस्तै भोलीबाट दाङ देउखुरीको विभिन्न गाउँहरूमा प्रदर्शनमा आउने निर्देशक मदन कुमार चौधरीले बताएका छन् ।

फिल्मले एक थारु युवतीको मनोविज्ञानलाई प्रस्तुत गरेको छ । फिल्ममा भीमा चौधरी, इन्द्र चौधरी, छविलाल कोपिला, सिवनी चौधरी, रामलाल चौधरीलगायतको अभिनय रहेको छ । फिल्ममा सशील चौधरीको कथा र मित्र डि गुरुङको सम्पादन रहेको छ भने रामलालले निर्माण गरेका हुन् । फिल्मलाई पत्रकार मदन चौधरीले निर्देशन गरेका हुन् ।