जोडी बाध्दैमा फिल्म चल्छ भन्ने छैन !

बास्तविक जीवनमा प्रेममा छन् कति कलाकार । प्रेमले उनीहरुलाई हिट बनाउँछ । फिल्म जस्तो सुकै चलेपनि प्रेममा रहेको खबरले हिट बनाउदो रहेछ । माया गरेका कलाकारको जोडीलाई फिल्ममा लिएर दर्शकले पैसा खर्च गरेर टिकट लिन्छन् भनेर सोच्ने फिल्म निर्माता पनि छन् । यस्ता जोडी फिल्ममा देखिएका छन्, कारण त्यही हो ।

अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसी प्रेममा छन् । प्रेममा रहेका आश्मा र संयमले आभाष फिल्म खेले । आभाष फिल्म चलेन । संयम र आश्माको आभाष नचलेपछि दुबै जना फिल्ममा देखिएनन् । संयम अमेरिका जाने तयारीमा छन् । संयम र आश्मा दुबैजना फिल्मबाट टाढा छन् । दुबैले सिंगल रुपमा भने फिल्मको करिअर सफल बनाउन सकेका थिएनन् ।


अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङ प्रेममा छन् । अहिले त जसिता र प्रदिप अलग छन् भनेर पनि खबर आएका छन् । प्रदिप र जसिताले साथी भने सधै । प्रेममा भने उनीहरु लभ स्टेशनबाट परे । प्रदिपको सल्लाहाविना जसिताले फिल्म नै खेलिनन् । रातो टिका निधारमाको अफर उनले स्विकार गरिनन् । प्रदिप र जसिताको जोडी लिलिबिलीमा चल्यो । फिल्म ठिकै चल्यो, जोडी रुचाइयो । दोश्रो फिल्म लभ स्टेशन पनि यस्तै होला भनेर जसिता र प्रदिपले सोचे । भएन त्यस्तो । लभ स्टेशनलाई चोरीको आरोप लागेको थियो ।  प्रदिपको सल्लाह मानेर फिल्म खेल्दा जसितालाई सजिलो भएन । प्रदिप प्रेमगीत ३ तिर लागेका छन् । जसिता आई एम ट्वान्टी वानमा धिरज मगरको साथमा छिन् । प्रेममा रहेको भनिएका जोडी चलेनन् । तेश्रो फिल्ममा सँगै काम गर्न सजिलो भएन ।

आयुष्मान देशराज जोशी र प्रियंका कार्कीलाई पनि भएको यस्तै छ । प्रेममा छन् । अवार्ड कार्यक्रममा किस गर्दा हिट भए । प्रेम व्यक्त गर्न के के गरेनन् । तर,दर्शक सबै कुरा पचाउँदैनन् । दर्शकलार्इृ धेरै कुराले दिक्क बनाउँदो रहेछ । भएको यही हो । कथा काठमाण्डुबाट सुरु भएको लभ प्रेमदिवसमा आएर जोडी बन्दा चलेनन् । प्रेम दिवस आएको र गएको थाहा भएन । प्रेमदिवस नचल्दा आयुष्मान र प्रियंकाले सोचेको भएन । उनीहरुको जोडी लिने वित्तिकै म्यूजिक भिडियोको भ्यूज गएको जसरी पैसा कमाइन्छ भनेर सोचेका निर्माता डुबे । प्रेममा रहेको जोडी फिल्ममा चल्न सकेन ।

अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठले पनि काम यसरी नै गरिरहेका छन् । सौगात र श्रृष्टीको फिल्म रिलिज भएको छैन । श्रृष्टी र सौगातलाई लिनै पर्ने वाध्यता निर्माताको पनि छ । सौगात र श्रृुष्टीको जोडी प्रेममा जस्तै फिल्ममा चलिन्छ भनेर सोचमा छ । यो कस्तो हुनेछ, पोई पर्यो कालेको रिजल्ट आउनपर्छ । प्रेममा रहने जोडी लिएर फिल्म बनाउँदैमा दर्शकले टिकट लिन्छन् भनेर सोच्नु पनि गलत हो ।