ए प्यारा ए प्यारा  (भिडियो)

सप्तऋषी म्युजिक प्रालीको प्रस्तुतिमा रितु थापा मगर र ऋषी खड्काको ‘ ए प्यारा ए प्यारा’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा ऋषी खड्काको मौलिक शब्द तथा लय सिर्जना रहेको छ । बाध्यताको चपेडामा विदेशी भुमिमा पसिना बगाउनु पर्ने युवाको पिडालाई गीतमा समेटिएको छ ।

भिडियोमा अजय रेग्मीको छयाँकन, दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन रहेको छ । श्रीमान श्रीमतिको भुमिकामा मोडल महेन्द्र गौत्तम र रितु थापा मगरको अभिनय रहेको छ ।