सनुप पौडेलको नयाँ गीत

गायक सनुप पौडेलको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको ‘जुगौं जुग जूनताराकी सहेली तिमी’ गीत सार्वजनिक भएको छ । डीआर उपाध्यायको ‘सहेली’ एल्बममा रहेको यो गीतको रचना इन्कै रहेको छ । बसन्त सापकोटाको निर्देशन रहेको भिडियोमा डा. उपाध्याय र रिचा थापा फिचर्ड छन् । अर्जुन सापकोटाले खिचेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका हुन् ।