कसो कसो माया बस्यो (भिडियो)

प्रल्हाद तिमल्सिना र शान्ता खत्री कार्कीको स्वर रहेको गीत ‘कसो कसो माया बस्यो’ सार्वजनिक भएको छ । गीतकार शान्तकाको शब्द रचना रहेको गीतमा रिमेश कुमारको सङ्गीत रहेको छ यसै गरी गीत विशाल निरौलाले एरेञ्ज गरेका हुन् । भिडियो सञ्चारकर्मी कुमार आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा भिडियोमा सोनाल तामाङ, फरिता खड्का र कविता राय फिचर्ड छन् । रवि कोइरालाले छायाङ्कन गरेको म्युजिक भिडियोलाई विष्णु खड्काले सम्पादन तथा हरिश खनालको कोरियोग्राफी गरेका हुन् ।