घुससम्बन्धी गीत ‘खानदेउ’ सार्वजनिक

बिनोद यादवको घुस सम्बन्धी गीत  ‘खानदेउ’ सार्वजनिक भएको छ । यादवकै  शब्द संगीत र आवाजमा  तयार भएको गीत  ‘खानदेउ ‘को भिडियोमा बिनोदकै  अभिनय रहेको छ । अहिलेको नेपालको वस्तुस्थिति  घुस , भ्रस्टाचार र समाजमा रहेका बेथितिका धेरै कुराहरु समाबेश गरिएको भएर दर्शकले गीतलाई मन पराइ रहेका कमेन्टहरु आएका छन् । रामशरण उप्रेतीको  सिनेमाटोग्राफी र सिल्भरमुनको सम्पादन रहेको भिडियोलाइ देव डीको  निर्देशन रहेको छ ।