‘लभ स्टेसन’ को सहयोग

यही २२ चैतदेखि प्रदर्शन हुने फिल्म ‘लभ स्टेशन’ का तर्फबाट अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले ४५ जना अनाथ बालिबालिकालाई नीजि बिधालयमा पढाउँदा लाग्ने भर्ना सहित तीन महिनाको मासिक शुल्क प्रदान गरेका छन् । काठमाडौंको गोकर्ण स्थित सँयुक्त एकता अपाँग आवाज केन्द्रमा आश्रित ४५ जना बालबालिकालाई यही बैशाखबाट बिधालय भर्ना सहित तीन महिनाको लागि शुल्कबापतको एक मुस्ट रकम शनिबार बिहान प्रदान गरिएको छ । अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले शनिबार बिहान सो अपाँग आवाज केन्द्रमा पुगेर विधार्थीहरुका लागि अध्ययन खर्च प्रदान गरेका हुन् ।

फिल्म लभ स्टेशनलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । जसमा प्रदीपसँगै जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । फिल्मका निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।