मन छोडी हिँडे स्वदेशमा (भिडियो)

केदार बरुवाल छेत्रीको आवाजमा गीत ‘मन छोडी हिँडे स्वदेशमा’ सार्वजनिक भएको छ । रवि मल्लको शब्द रचना तथा कल्याण सिंहको संगीत रहेको सार्वजनिक गीतमा दिनेश श्रेष्ठको एरेन्ज रहेको छ । भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल सृष्टि खड्काको अभिनय रहेको छ । भिडियोलाई निर्देशक शशान कंडेलले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।