फ्लोरमा ‘माइकल अधिकारी’

माघे संक्रान्तिको अवसर पारी झापाको बिर्तामोडबाट फिल्म ‘माइकल अधिकारी’को छायाँकन शुरु भएको छ । सरोगेशीको कथामा निर्माण हुने फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहने छ । सौगात र सृष्टीसँगै फिल्ममामा अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्स सहित झापाको नाट्य समुह परिवर्तन थियटरका कलाकारको अभिनय रहने छ ।

गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण हुने फिल्मलाई रञ्जित रौनियारले निर्देशन गर्नेछन् । उद्धव पौडेल प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता निरक पौडेल हुन् । फिल्ममा राजु बिक्रम थापाको छायाँकन, निर्देशक रञ्जितकै कथा, शैलेश कंडेल क्षेत्रीको पटकथा र सम्बाद, शम्भूजित बासकोटा र निलेश सिंहको संगीत र कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।