आमा बनिन् अभिनेत्री ऋचा शर्मा

अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । पहिला सन्तानका रुपमा उनले छोरालाई जन्म दिएकी हुन् । ऋचालाई टिभी रियालिटी शो कमेडी च्याम्पियनले उनी आमा बनेको उपलक्ष्यमा सामाजिक सञ्जालमा बधाइ दिएको छ ।

अभिनेत्री ऋचाले गत साता कमेडी च्याम्पियनबाट सुत्केरी विदा लिएकी थिइन् । ऋचाले आज राति अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । नायिका ऋचा शर्माले करिब २ वर्ष अगाडि दिपेक्षा विक्रम राणासँग बिहे गरेकी थिइन् । पहिलो चरणको लकडाउनपछि ऋचा गर्भवती भएकी थिइन् ।