दीपक लेख्छन् -‘बारको अगाडि रेष्टुरेन्ट शब्द पनि थप्ने हो कि ?

नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो । दुई जना कानून व्यवसायीबीच कुटाकुट भएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । सोही बिषयलार्ई व्यङ्ग्य गर्दै कलाकार तथा निर्माता दीपकराज गिरीले ‘बार’को अगाडि रेष्टुरेन्ट शब्द थप्ने हो कि भनेर लेखेका छन् । दीपक लेख्छन्–‘कानून ब्यवसायीहरुको संस्था ‘बार’को अगाडि ‘रेष्टुरेन्ट’ शब्द पनि थप्ने हो कि ? त्यसपछि रेष्टुरेन्ट एन्ड बार हुन्थ्यो । जति कुटाकुट गरे पनि भो ।’