दिशा पटानीको हट तस्बिर

बलिउडकी चर्चित अभिनेत्री दिशा पटानी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले आफ्ना दर्शकहरुलाई हट एण्ड ग्ल्यामरस तस्बिर शेयर गर्दै आएकी छिन् ।दिशाले प्रायः समुन्द्रको किनारका छेउछाउमा बसेर पोज दिएका तस्बिरहरु शेयर गर्दै आएकी हुन्छिन् । आज पनि दिशाले आफ्नो एक बिकिनी तस्बिर शेयर गरेकी छिन् ।

तस्बिरमा दिशाले समुन्द्रको किनारमा रातो रङको बिकिनी लगाएर पोज दिएकी छिन् । यो तस्बिर शेयर गर्दै दिशाले क्याप्सनमा लेखेकी छिन्, ‘मिसिङ’ दिशाको क्याप्शनबाट नै प्रष्ट हुन्छ की उनले कसैलाई लामोसमयदेखि याद गरिरहेकी छिन् । अभिनेत्रीको यो तस्बिरलाई उनका फ्यानहरुले मन पराएका छन् र जमेर कमेन्ट पनि गरेका छन् । एजेन्सी