पुष्पप्रति देखिएको श्रद्धाको प्रेम

नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीले अभिनय गरेको फिल्म ‘कृष्णलीला’ भदौको ३ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको लागि पुष्प र श्रद्धाले मिहिनेत पनि गरिरहेका छन् । तर, यही बिचमा श्रद्धा र पुष्पको प्रेमको चर्चा पनि चलिरहेको छ । बिहिबार आयोजना गरिएको नायक पुष्प खड्काको बर्थ डे सेलिब्रेशनमा श्रद्धा आइपुगिन् । श्रद्धा भारतबाट पुष्पकै बर्थ डेका लागि आइपुगेकी थिइन् ।

बर्थ डे केक काट्दै गर्दा श्रद्धा र पुष्पको प्रेम स्पष्ट झल्कियो । पुष्पले श्रद्धासँग बिहेको बिषयमा अस्विकार गरेनन् । बरु, भविष्यमा जे पनि हुन सक्छ भन्ने जवाफ दिए । श्रद्धाले पनि पुष्पसँगको प्रेम अस्विकार गरिनन् । उनले पुष्पकै बर्थ डेका लागि आफू भारतबाट आएको बताइन् ।

पुष्पलाई श्रद्धाले राधा र कृष्णको सानो मुर्ती लिएर आएकी थिइन् । जसमा, पुष्प र श्रद्धाको प्रेम झल्किन्थ्यो । पुष्पले आजसम्म काम गरेका नायिकाहरुमा श्रद्धा सबैभन्दा सहज भएको प्रतिक्रिया दिए ।

श्रद्धा र पुष्पको प्रेम लुकाउँदा लुकाउँदै देखियो । अब, यो प्रेमको चर्चा फिल्मको रिलिजसम्म हो या पछिसम्म पनि चल्नेछ, त्यो भदौ ३ पछि नै थाहा हुनेछ । तर, पुष्प आजसम्म काम गरेका नायिकाहरुमध्ये श्रद्धासँग सबैभन्दा बढी खुल्ने गरेका छन् ।