‘डिसेम्बर फल्स २’को घोषणा, उपासना फाइनल


पौषको १५ गतेबाट रिलिज भएको फिल्म ‘डिसेम्बर फल्स’ले बक्स अफिसमा खासै राम्रो व्यापार गरेन । फिल्मले बक्स अफिसमा निर्मातालाई ठूलो घाटा गरेको छ । 

तर, यसका निर्माता रामप्रसाद रिजालले भने यसको सिरिजको घोषणा गरेका छन् । फिल्म ‘डिसेम्बर फल्स’को अन्त्यमा पनि यसको सिक्वेल बन्ने बताइएको थियो । सोही अनुसार, फिल्म निर्माणको घोषणा भएको हो । 

यो फिल्ममा नायिका उपासना सिंह ठकुरी मात्र दोहरिने बताइएको छ । अन्य कलाकारको टुंगो केही समयमा लाग्नेछ । 

फिल्ममा नायक आर्यन सिग्देलको पनि मुख्य भूमिका रहनेछ । फिल्मको निर्देशन भने अब लक्ष्मण रिजालले गर्नेछन् । पहिलो पार्टको निर्देशन प्रवीण झाले गरेका थिए । 

यो फिल्मको पटकथा तथा संवाद पनि निर्देशक रिजालकै रहनेछ । महेश गुप्ताले खिच्ने फिल्मलाई नेपाल र यूरोपमा छायांकन गरिने बताइएको छ । फिल्मको छायांकन चैत्रको दोस्रो साताबाट सुरु हुनेछ ।