समारिकालाई ‘काली’ भन्दै गजित र गम्भिरले जिस्क्याएपछि

गायक राजेश पायल राईको स्वरमा ‘काली काली’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। टी.एन आचार्यको शब्द रहेको गीतमा लक्ष्मण पोख्रेलले संगीत भरेका छन्। गीतमा गजित बिष्ट, गम्भीर बिष्ट र मोडल सामारिका ढकाल फिर्चड छन्। गजित र गम्भीर दुवै चल्तीका निर्देशक तथा कोरियोग्राफर हुन ।

गजितले चलचित्रमा समेत काम गरिसकेका छन्। सम्बन्धले यी दुई दाजुभाइ पनि हुन। लामो अन्तरालपछि दुई दाजुभाइले एउटै गीतमा कम्मर मर्काएका छन्।

लामो समयपछि गजित र गम्भीरले सहकार्य गरेको रोमान्टिक डान्सिङ भिडियोलाई निर्देशक सुरेन्द्र बसेलले निर्देशन गरेका हुन। टी.एन आचार्यले नै निर्माण गरेको गीतलाई विकास नेपालले कोरियोग्राफी गरेका छन्।

‘द प्रिमियर प्रोडक्सन’ बाट सार्वजनिक भएको भिडियोमा अशोक थापाको एरेन्ज, मनोज डङ्गोलको मिक्सिङ र दिनेश पराजुलीको सिनेमाटोग्राफी रहेको छ।