‘प्रसाद २’ सँगै वैशाख १५ मा रिलिज हुने भयो ‘नाई नभन्नु ल ६’


वैशाख १ गतेबाट पोष्टपोन्ड भएको फिल्म ‘नाई नभन्नु ल ६’ अब बैशाखको १५ गतेबाट रिलिज हुने भएको छ । फिल्मका निर्देशक विकासराज आचार्यले वैशाख १५ लाई फिल्मको नयाँ प्रदर्शन मिति तय गरिएको जानकारी दिए । 

आँचल शर्मा, आर्शिवाद क्षेत्री, सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको यो फिल्मको प्रचारप्रसार तिव्र भएको थियो । तर, फिल्मको रिलिजको अन्तिम समयमा शोज कम पाउने भएपछि यसका निर्माताले पोष्टपोन्ड गरेका थिए । 

तर, अब यो फिल्मले चैत्रको २४ गतेबाट पोष्टपोन्ड भएको फिल्म ‘प्रसाद २’सँग बक्स अफिसमा भिडन्त गर्ने पक्का भएको छ । अदालतको आदेशका कारण चैत्र २४ गते रिलिज हुन नसकेको सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’ ले मंगलबार मात्र बैशाख १५ लाई प्रदर्शन मिति तोकेको थियो ।