नीता भन्छिन्–‘फिल्म क्षेत्रमा मानसिक दुर्व्यवहार धेरै भोगेँ’


आफू अभिनित ‘शुभकामना’ बोलको गीतको म्युजिक भिडियो रिलिज कार्यक्रममा नायिका नीता ढुंगाना संघर्षको समयमा फर्किइन् । 

भिडियोमा एक संघर्ष गर्दै गरेकी गायिकाले भोगेको मानसिक र यौन दुर्व्यवहारको घटनालाई देखाइएको छ । सोही बिषयमा जोडिएर बोल्दै नायिका ढुंगानाले संघर्षको समयमा आफूले पनि मानसिक दुर्व्यवहारहरु भोगेको बताइन् । 

कस्तो मानसिक दुव्र्यवहार भोग्नु भयो भन्ने प्रश्नमा उनले भनिन्–‘विशेषगरि, एउटा फिल्म साइन गर्यो । २–३ दिनपछि त मलाई थाहा नै नदिई अर्की नायिकासँग निर्माताले साइन गरिसकेका हुँदारहेछन् । फिल्मबाट मलाई किन निकालियो भन्ने नै थाहा भएन ।’

उनले, यस्ता खालका कुराले धेरै नै मानसिक समस्या हुने समेत तर्क गरिन् । उनले यौन दुर्व्यवहारका घटनाहरु आफूले धेरै सुनेको तर नभोगेको तर्क समेत गरिन् । 

नायिका ढुंगानाले अर्को एक प्रसंगमा जन्मदिनमा आफूले श्रीमान् हरिहर अधिकारीबाट कहिले पनि महंगो गिफ्टको अपेक्षा नगर्ने सुनाइन् । भनिन्–‘मलाई उहाँले दिएको माया नै काफी छ । उहाँ मेरो साथमा भए पुग्छ । अरु कुनै गिफ्टको अपेक्षा छैन ।’

नीता र हरिहरले मिलेर बनाएको फिल्म ‘ह्रस्व दीर्घ’को छायांकनको पहिलो चरण सकिएको छ । दोश्रो चरणको छायांकन चाडै सुरु हुने नीताले बताइन् ।