बी फोर म्यूजीकले किन्यो ‘परस्त्री’को हिन्दी गीतको राइट्स

भारतको चर्चित म्युजिक कम्पनी ‘बी फोर म्युजीक’ले नेपाली फिल्म ‘परस्त्री’को हिन्दी भाषाको गीतको राइट्स खरिद गरेको छ । मुम्बइमा रहेकी निर्मात्री शर्मिला पाण्डेले आज कम्पनीसँग कागजी संझौता गरेकी छिन् । तर, शर्मिलाले बी फोर म्युजीकलाई हिन्दी भाषाको गीतको अधिकारी कति रकममा बेचिएको हो भन्ने बिषयमा भने बोल्न चाहिनन् ।
उनले, बी फोर म्युजिकले आफूहरुको फिल्मको गीतलाई विश्वास गरेको भन्दै धन्यवाद दिएकी छिन् । अब, यो फिल्मको हिन्दी भाषाको सम्पूर्ण गीत र ट्रेलर बी फोर म्युजीकको युट्युब च्यानलबाट प्रशारण हुनेछ ।
फिल्मका निर्देशक सुरज पाण्डेले फिल्म प्रशारणको अधिकार भने कुनै पनि च्यानललाई अहिलेसम्म नबेचेको बताए । उनले, चाडै नै भारतका वितरकसँग फाइनल कुरा हुने पनि बताएका छन् ।
असारको १५ गतेबाट रिलिज हुने यो फिल्मलाई नेपाली र हिन्दी भाषामा तयार पारिएको छ । असारको १५ गतेबाट ‘परस्त्री’ हिन्दी भाषामा भारतमा रिलिज हुनेछ ।
कोशिश क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट लगायतका कलाकारले अभिनय गरेको यो फिल्मको ‘माया बस्यो’ बोलको गीत बिहिबार रिलिज गरिएको छ । हिन्दी भाषामा यो गीत भने भोली बी फोर म्युजीकबाट रिलिज हुने शर्मिलाले जानकारी दिएकी छिन् ।
सस्पेन्स थ्रीलर कथामा तयार भएको फिल्मबाट निर्मात्री र निर्देशक निकै आशावादी छन् । दीपेन्द्र के खनालले यो फिल्मको कथा लेखेका हुन् ।

यस्तो छ ‘पशुपति प्रसाद २ः भष्मे डन’मा सौगातको लुक्स

दशैं र तिहारः ठूलो हिन्दी फिल्म भर्सेस प्रतिक्षित नेपाली फिल्म

जो चले, टिमवर्कले चले

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

असोज २६ मा बासेन्जी

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

प्रतिक्रिया