हल्लै हल्लामा रमाएका अनमोल केसी


केही दिन अगाडि नायक अनमोल केसीसँगको फोटो पोष्ट गर्दै निर्देशक सुरेन्द्र पौडेलले ‘कृ रिटन्र्स’ बन्न लागेको खबर फैलाए । उसो त, केही बर्ष अगाडि रिलिज भएको सुवास गिरी निर्मित तथा सुरेन्द्र निर्देशित फिल्म ‘कृ’को सिक्वेल बन्न लागेको खबर यो नयाँ थिएन । किनकी, निर्माता गिरीले फिल्म ‘कृ’को सिरिज बनाउने घोषणा उहिले नै गरेका थिए । 

तर, अनमोल केसीले साइन गरेका फिल्म पनि धमाधम छाडिरहेको समयमा नयाँ फिल्ममा काम गर्न लागेको खबर फैलियो । 

यसरीहेर्दा, अनमोल केसीले काम गर्न लागेको फिल्मको लाइनअप लामो देखिने तर नगर्ने शैली बढ्दै गएको देखिन्छ । 

केही निर्माता–निर्देशकले त अनमोल केसीसँगको भेटलाई पनि नयाँ फिल्म बन्न लागेको र अनमोल फाइनल भएको भन्दै मिडियामा हल्ला गर्ने गर्दछन् । यसैले, पनि अनमोलको फिल्मको लाइनअप लामो देखिन्छ । तर, उनी आफै पनि कुन फिल्ममा काम गर्ने भन्ने अन्यौलमा छन् । 

अनमोलका अनुसार, उनी भदौबाट घरकै फिल्ममा काम गर्दैछन् । फिल्मका निर्माता भुवन केसी नयाँ फिल्मको कथामा काम सकिएको र भदौबाट छायांकनमा जाने रटानमा छन् । उता, निर्माता रोहित अधिकारीले अनमोललाई फिल्म ‘फर्की फर्की’मा साइन गराएर उनको समय कुरिरहेका छन् । 

फिल्मको लाइनअप लामो बन्ने तर नगर्ने बानीका कारण अनमोल केसी कतै हल्लै हल्लामा रमाइरहेका त छैनन् भन्ने प्रश्न उठेको छ । एउटा फिल्मको काम सकेर नयाँ फिल्मतिर ध्यान दिएको खण्डमा अनमोलको करिअरका लागि पनि फाइदा हुने थियो । तर, किन अनमोल हल्लै हल्लामा रमाइरहेका छन्, त्यो उनले नै जान्ने कुरा भयो ।