‘सोले’ स्टाइलमा पुष्प र कविताको ‘मै नाचीदिन्छु’


गायक शिशिरजय खरेलको नयाँ गीत ‘मै नाचीदिन्छु’ सार्वजनिक भएको छ । यो गीतमा खरेलकै शब्द तथा संगीत छ । डान्सिङ शैलीमा तयार भएको भिडियोमा कामेश्वर चौरासिया, पुष्प खड्का र कविता नेपालीले अभिनय गरेका छन् । यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले हिन्दी फिल्म ‘सोले’को ‘जब त हे जान’को थिममा तयार पारेका छन् । 

जय हो द फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको भिडियोमा उत्तम हुँमागाईको छायांकन, रुपेश खड्काको सम्पादन छ । भिडियोका निर्माता पनि शिशिर जय खरेल नै हुन् । गीत खरेलकै आफ्नो युट्युब च्यानल जय हो द फिल्म प्रोडक्सनबाट रिलिज भएको छ ।

गीत तथा भिडियो निकै राम्रो बनेकाले दर्शक श्रोताको मन जित्नेमा आफु ढुक्क रहेको गायक तथा संगीतकार खरेलले बताए ।