आर्शिवादको हातमा ३ फिल्म

फिल्म ‘नाई नभन्नु ल ६’बाट डेब्यू गरेका नायक आर्शीवाद क्षेत्रीको हातमा ३ वटा फिल्म छ । उसो त उनले दिवाकर भट्टराईको निर्देशनमा तयार हुने भनिएको एक लभ स्टोरी फिल्म पनि साइन गरेका थिए । तर, पछि उनले उक्त फिल्ममा काम गरेनन् । तर, आर्शिवादले भने  यतिबेला ३ वटा फिल्म साइन गरेर बसेका छन् । 

विशेष श्रोतका अनुसार, आर्शिवादले निर्देशक सुवर्ण थापाको निर्देशनमा बन्न लागेको एक फिल्म साइन गरिसकेका छन् । यो फिल्मको छायांकन सेप्टेम्बर महिनाबाट सुरु हुने वुझिएको छ । यो बाहेक उनले अन्य दुई फिल्म साइन गरेका छन्, जसको काम चाँडै सुरु हुँदैछ । 

फिल्म ‘नाई नभन्नु ल ६’ असफल भएपछि आर्शीवाद भने फिल्मीकर्मीको नजरमा परेका छन् । यसैले, उनको आउँदो बर्ष सुखद हुने देखिएको छ । 

आर्शिवादले आफूलाई एक्सन, नृत्य र अभिनयमा पनि अब्बल देखाउन लागिपरेका छन् । डेब्यू फिल्ममै उनको लुक्स, अभिनय र सुगठित शरीरको प्रशंसा भएको थियो । तर, पहिलो फिल्म नै असफल भएपछि उनले केही समय लिएका छन् । 

नेपाली फिल्म क्षेत्र सीमित नायकहरूको वरिपरी घुमिरहेको समयमा आर्शीवाद जस्ता नायकहरू उदाउन आवश्यक रहेको फिल्मीकर्मीहरु नै बताउने गरेका छन् । हेरौं, आर्शिवादको करिअर उनले काम गर्न लागेका नयाँ ३ फिल्मलाई कतातर्फ लैजाने हो ?