‘बोक्सीको घर’को ट्रेलर रिलिज

केकी अधिकारीको प्रस्तुतिमा तयार भएको फिल्म ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै बद्री अधिकारीको निर्माण तथा सुलक्षण भारतीको निर्देशनमा तयार भएको फिल्मको साढे २ मिनेट लामो ट्रेलर रिलिज गरिएको हो । 

राज घिमिरे कार्यकारी निर्माता रहेको यो फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, जीवन बराल र सविन बास्तोला लगायतका कलाकारको अभिनय छ। 

सुलक्षण भारतीको लेखन रहेको यो फिल्ममा सुलक्षण भारती र लोकेश बज्राचार्यको सम्पादन, शिवराम श्रेष्ठको छायांकन छ । यो फिल्म आउँदो बर्षको वैशाख १४ गतेबाट रिलिजमा आउँदैछ ।