३४ दिनमा सकियो ‘बेहुली फ्रम मेघौली’को छायांकन

फिल्म ‘बेहुली फ्रम मेघौली’को छायांकन सकिएको छ । निर्माणपक्षले फिल्मको छायांकन चितवनमा ३४ दिनमा सकेको हो । 

फिल्मको छायांकन सकिएको भन्दै यसका कलाकार तथा प्राविधिकहरूले भिडियो समेत शेयर गरेका छन् । चितवनको रमणीय स्थानमा यो फिल्म खिचिएको छ । 

यो फिल्मलाई नायिका स्वस्तिमा खड्का र कलाकार निश्चल बस्नेतले निर्माण गरेका हुन् । फिल्ममा यी दुईको नै मुख्य भूमिका छ । फिल्ममा साजन काफ्ले र आकाश बरालको निर्देशन छ । फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे र फिरोज खड्का हुन् । 

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा तयार भएको यो फिल्मको प्रदर्शन मिति समेत तय भइसकेको छ । फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । 

फिल्ममा बिहेका भव्य सेटहरु समेत लगाइएको छ । सामाजिक कथामा कमेडी शैलीमा तयार भएको फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ । यही फिल्मबाट पहिलो पटक निर्मात्री बनेकी नायिका स्वस्तिमा खड्का उत्साहित देखिएकी छिन् ।