‘लण्डन टू पेरिस’को ‘खुल्ला आकाश’मा रमाएका साम्राज्ञी र निश्चल

आउँदो बर्षको जेठ २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘लण्डन टू पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ सार्वजनिक गरिएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै हुर्कलेस बस्नेतको शब्द, संगीत र स्वरमा समावेश गीत सार्वजनिक गरिएको हो । 

घनश्याम लामिछानेको निर्देशनमा तयार भएको यो फिल्ममा अमित बस्नेतको लगानी छ । सार्वजनिक गीतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक निश्चल खड्काको रोमान्स हेर्न सकिन्छ । 

फिल्ममा कविर खड्का, गरिमा शर्मा, रुस्मा थापा, मनिष गान्धी, मनिष श्रेष्ठको पनि अभिनय छ । 

आरोन बस्नेत, अरिना बस्नेत र परि रानाको लगानी रहेको फिल्मका कार्यकारी निर्माता अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी छन् । प्रदीप भारद्वाजको लेखन रहेको यो फिल्ममा साजु चन्द्रनको सम्पादन, अवेद पराव र कुनाल कदमको छायांकन छ ।

यो फिल्मलाई रोमान्टिक लभ स्टोरी कथामा तयार पारिएको निर्माणपक्षले बताएको छ ।