साइलीको ‘प्याट् प्याटे’ गीत सार्वजनिक

गायक हेमन्त राना र नायक गौरव पहारि मिलेर निर्माण गरेको फिल्म ‘साइली’ को गीत सार्वजनिक भएको छ । ‘प्याट् प्याटे’ बोलको गीतमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ भने शब्दह रचना हर्क साउदले गरेका हुन्  ।  गीतमा साइला साइली अर्थात गौरव पहाडी र मेनुका प्रधानको साथमा दयाहांग राई र केनिपा सिंह फिचर्ड छन् ।

फिल्मको लेखन तथा निर्देशन रामबाबु गुरुङले गरेका हुन् । फिल्ममा मुख्य चार कलाकारको साथमा माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय रहेको छ । फिल्ममा हेमन्त राना, विशाल गुरुङ, अर्जुन पोखरेल, मोहन थापाको लगानी रहेको छ ।