सप्तरंग-२ बिर्तामोडबाट सुरु (तस्विरसहित)

‘टिभीएस अपाचे सिरिज सप्तरंग २’ झापाको बिर्तामोडबाट सुरु भएको छ । सातै प्रदेशको प्रतिनिधित्व गर्दै संगीत कर्मी कलाकर्मीको छनौट गर्दै सुरु गरिएको सप्तरंगको कार्यक्रम सातै प्रदेशमा हुने छ पहिलो कार्यक्रमको सफलता पुर्वक समापन गरेको सप्तरंगको यो दोश्रो प्रयास रहेको छ । अगिल्लो बर्ष झैँ प्रदेश प्रमुख शेरधन राईले उद्घाटन गर्दै कार्यक्रम अगाडी बढ्यो । कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुति रहेका थिए । ग्रिश्मा ब्रोडकाष्टिङको आयोजनामा भैरहेको कार्यक्रमको उद्येश्य पर्यटन बर्ष २०२०लाइ सहयोग पुर्याउनु समेत रहेको अध्यक्ष गृहेन्द्र घिमिरेले बताए ।

दोस्रो शृंखलाको लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, हास्यकलाकार जीतु नेपाल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओड रहेका छन् । यिनले सातै प्रदेशमा पर्यटन प्रवर्धन र सम्मुनतिका लागि आफ्नो प्रस्तुति प्रस्तुत गर्ने छन् । कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानिय कला संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखिएको छ । कार्तिक २० गते विर्तामोडबाट सुरु भएको कार्यक्रम २२ गते विरगंज , २४ गते चितवन , २६ गते नेपालगंज , २८ गते सुर्खेत , ३० गते महेन्द्रनगर र ४ गते पोखरामा पुगेर सकिनेछ । गत बिक्रम संवत २०७० सालमा ‘ढकाल सुमधुर साँझ’ गरेर इभेन्टमा पाइला टेकेको गृष्मा ब्रोर्डकास्टिङले त्यसपछि भ्यालेन्टाइन नाइट , साकुरा नाइट , शुभयात्रा साँझ लगायतका कार्यक्रम गरिसकेको छ ।  ‘सप्तरङ्ग २’ मा अफिसियल एमसीको रुपमा नरेश भट्टराई , विवेक खतिवडा र पूजन थापा रहेका छन् ।