छोराको बिहेमा आरजुको ‘गुलाबी सरर’

आफ्ना छोरा जयवीर देउवाको बिहेमा भारतको उतारखण्डको चर्चित गीत ‘गुलाबी सरर’मा नाचेपछि काँग्रेसकी नेतृ आरजु राणा चर्चामा छिन् । सामाजिक संजालभर उनको डान्सको चर्चा भइरहेको छ । 

छोरा जयवीरको बिहे अगाडि आयोजित संगीत सेरोमोनीमा आरजुले यो गीतमा नृत्य गरेकी हुन् । सामाजिक संजालमा आरजु नाचेको भिडियो बाहिरिएपछि उनको नृत्यको तारिफ पनि भइरहेको छ । धेरै संजाल प्रयोगकर्ताले उनको यो निजी जीवन भएको बताएका छन् । आरजुको डान्स स्टेपको प्रशंसा सामाजिक संजालमा बढी भएको पाइन्छ । 

राजनीतिक जीवनमा सधैं नै चर्चामा रहने आरजु यसपटक भने आफ्नो डान्सका कारण चर्चामा छिन् । आरजुका छोरा जयवीरले कभर गायिका शिवाना श्रेष्ठसँग आज बिहे गरेका छन् । सोल्टी होटलमा यी दुईको बिहे भव्य रुपमा सम्पन्न भएको छ ।