फिल्म हेरेपछि केही नबोली हिडिन् प्रियंका कार्की

गत महिना फिल्म ‘गोर्खा वारियर’को प्रिमियरमा पुगेकी नायिका प्रियंका कार्की फोटो खिचाइन् र फिल्म नहेरी फर्किइन् । उक्त समयमा हलमा बस्ने सिट नपाएपछि प्रियंका फिल्म नै नहेरी फर्किएकी थिइन् । 

तर, बिहिबार बेलुकी फिल्म ‘डिग्री माइला’ हेर्न नायिका प्रियंका कार्की र उनका श्रीमान् नायक आयुष्मान देशराज जोशी बीग मुभिज पुगेका थिए । भव्य प्रिमियर समारोहमा प्रियंका र फिल्मकी नायिका आँचल शर्माबीच लामै समय कुराकानी समेत भएको थियो । 

तर, फिल्म हेरेपछि अधिकांश फिल्मीकर्मीहरुले मिडियासामु प्रतिक्रिया दिए । उनीहरुले फिल्म निकै राम्रो लागेको र समाजको वास्तविकता बोलेको प्रतिक्रिया दिएका थिए । 

तर, प्रियंका र आयुष्मानले भने केही पनि बोलेनन् । उनीहरुले एयरपोर्ट जानुछ भन्दै मिडियासामु प्रतिक्रिया दिन नमानेका हुन् । 

फिल्म हेरेका अन्य केही अतिथि पनि कुनै प्रतिक्रिया नदिई हिँडेका थिए । प्रियंका कार्की कहिले फिल्म हेर्न पुगेर नहेरी फर्किन्छिन् त कहिले प्रतिक्रिया नदिई हिँड्छिन् ।

फिल्म हेरेपछि नाम चलेका सेलिब्रेटीले दर्शकका लागि केही बोलिदिउन् भन्ने चाहना मेकरको हुन्छ । तर, फिल्म हेरेपछि प्रियंकालाई प्रतिक्रिया दिन किन यती गाह्रो भएको होला कुन्नि ?