बोहराको ‘चमेलीको पोई’ निर्माण घोषणा, ‘अवतार’ कहिले बन्छ ?

फिल्मको घोषणा गर्न जति सहज छ, निर्माण गर्न त्यति सहज छैन । केही मेकरहरु फिल्म घोषणा गर्ने तर नबनाउने पनि देखिएका छन् । 

निर्देशक एभरेष्ट सूर्य बोहोराले फिल्म ‘अवतार’ बनाउने घोषणा गरे । यो फिल्ममा पल शाह, वर्षा राउत र सलोन बस्नेत अनुबन्धित भइसकेका थिए ।

फिल्मको छायांकन वैशाखबाट सुरु गर्ने तयारी समेत उनको थियो । तर, त्यस्तो भएन । यो फिल्मको छायांकन सुरु नै भएको छैन । तर, बोहोराले अर्को फिल्म बनाउने घोषणा गरिसकेका छन् । चलचित्र विकास बोर्डमा उनले फिल्म ‘चमेलीको पोइ’ बनाउने भन्दै नाम दर्ता गरेका छन् । 

यो फिल्मका लागि कलाकारहरू अहिले सार्वजनिक गरिएको छैन । तर, गाउँको अर्गानिक कथामा फिल्म बनाउने तयारी उनको छ । फिल्मको रिलिज पनि आउँदो बर्ष नै गर्ने तयारीमा बोहरा लागेका छन् । 

बोहोराले फिल्मको घोषणा मात्र गर्छन् कि बनाउँछन् पनि भन्ने देखिएको छ । फिल्मको घोषणा गर्न त सजिलो नै छ, तर निर्माण गर्न गाह्रो छ भन्ने बोहोराले पनि बुझेका छन् । तर, पनि घोषणा गरेको एउटा फिल्म नबनाइ अर्को फिल्ममा उनी लागेका छन् ।