‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माणको घोषणा गरिएको छ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मको मोशन पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरिएको हो । 

यो फिल्मलाई आउँदो वर्षमात्र रिलिज गरिनेछ । सार्वजनिक मोशन पोस्टरलाई आकर्षक बनाइएको छ । जहाँ, काँधमा एक बच्चा बोकेका मानिसले सारङ्गी बोकेको देखाइएको छ । बच्चाले सोध्छन्–‘तिमी मलाई सधैँ किन काँधमा बोकेर हिड्छौं ?’

बच्चाको जवाफ सुनेर बाबुले जवाफ दिन्छन्–‘म भन्दा ठूलो मान्छे होलास्, मैले भन्दा परसम्म देख्लास् भनेर । यतिभन्दा उ भक्कानिसकेको हुन्छ । गला अवरुद्ध हुन्छ । थप बोल्न सक्दैन ।’

विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने यो फिल्मलाई सरोज पौडेलको लेखन तथा निर्देशन छ । रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत रहनेछ । यो फिल्मले जातियताको कथा भन्नेछ ।