‘पुजार सार्की’को ‘दर्शन गरेँ’ गीत रिलिज

जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘पुजार सार्की’को टिजरपछि गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘दर्शन गरेँ’ बोलको गीतमा प्रकाश सपुत र शान्तीश्री परियारको स्वर, हर्क साउदको शब्द र सुवास भुषालको संगीत छ । 

सार्वजनिक गीतको भिडियोमा मगर जातिको परम्परा अनुसारको लोकप्रिय ‘कौडा नृत्य’ प्रस्तुत गरिएको छ । शिशिर खातीको यसमा कोरियोग्राफी छ । 
सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह, अन्जना बराइली र परिक्षा लिम्बुको नृत्य हेर्न सकिन्छ । 

दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्मलाई किङ्गडम नेटवर्कको ब्यानरमा सुवास भुषालले  निर्माण गरेका हुन् । राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा भरत रेग्मीको सम्पादन, हिमाल केसीको एक्सन छ ।