‘२ नम्बरी’ मा वर्षा, पल र दया!

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहने नयाँ फिल्मको कलाकार फाइनल गर्ने काम भैरहेको छ । फिल्ममा बर्षा राउत र पल शाह देखिने भएका छन् । वर्षा राउतको मुख्य भूमिका रहने छ । स्क्रिप्ट समेत फिल्ममा लामाकै रहने फिल्ममा दयाहांग राई रहने चर्चा चले पनि सम्झौता भने भैसकेको छैन ।

किरण नेपालीको निर्माण रहने फिल्मको बिषयमा निर्माण पक्षले सोमबार एक कार्यक्रमको आयोजना गर्दै जानकारी दिनेछ । ‘२ नम्बरी’ नाम रहन सक्ने यो फिल्म भन्दा अघि निर्देशक लामाले फिल्म घाम पानी, गोपी, छ माया छपक्कै निर्देशन गरेका छन् ।