आजबाट देशभर ‘शत्रु गते’

मल्टिस्टारर बहु प्रतिक्षित फिल्म शत्रु गते आज बाट  देशभर प्रदर्शनमा आएको छ । अधिकाङ्श शो पाएको सिङ्गल रिलिज शत्रु गते देशभर १०७ भन्दा बडी हलमा लागेको छ ।

काठमाडौंका मल्टिप्लेक्स क्यु.एफ.एक्स, एफ क्युब, बिग मुभिज, बि.एस.आर, सि.डि.सि र क्युजमा गरी कुल ८२ शो पाएको शत्रुगते काठमाडौँका गोपी कृष्ण, अस्ट, गुण, बाराही, सिटी म्याक्स लागयत भ्याली बाहिर ८० देखी ८५ वटा हलमा लागेको छ । प्रदर्शन आगावै निकै चर्चामा रहेको फिल्मको दर्शक प्रतिक्रिया कस्तो आउँछ त्यो अब को केही समयमा थाहा हुनेछ । फिल्म छक्का पन्जाको रेकर्ड ब्रेकर हुने अपेक्षा समेत गरिएको छ ।