‘पहिलो किरण’ बिक्रि मार्फत उठेको सम्पूर्ण रकम बालआश्रमलाई

गीतकार गोबिन्द गौतमको शव्दमा आधुनिक गीती एल्वम ‘पहिलो किरण’ बिमोचन गरिएको छ । एभरेष्ट फाउन्डेसन द्धारा सन्चालीत सगरमाथा चाइल्ड केयर हाउसमा ५० जना बच्चाहरु माझ बिमोचन गरिएको एल्वम बिक्रि मार्फत उठेको शतप्रतिशत रकम बालआश्रमलाइ नै हुने गीतकार गौतमले बताए । गौतमले आश्रमको लागि आर्थिक सहयोग समेत गर्दै आएका छन् ।

एल्मवमा ७ वटा गीत समाबेश गरिएको एल्बममा अन्जु पन्त , प्रमोद खरेल , मनोज सिवा , बिकाश चौधरी , उषा मल्ल  तथा विकाश चौधरीको संगीत रहेको छ ।  बिगत १० बर्ष देखि अमेरीकामा बस्दै आएका गौतम नेपाली गीत लेखनमा सक्रिय छन् ।