धुर्मुसको अभियानमा पारसको साथ

तीनवटा नमूना बस्ती बनाएर समाजसेवीका रुपमा चिनिएका हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को संस्था धुर्मुस सुन्तली फाउण्डेसनले नेपालमा अन्तरर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउने घोषणा गरेपछि उनीहरुलाई सहयोग गर्ने आश्वासनको ओइरो नै लागेको छ । सरकारले मूलपानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन निर्माणको काम गरिरहँदा धुर्मुसले क्रिकेट मैदान बनाउने घोषणा गरेका हुन् ।
धुर्मुसको यो घोषणालाई नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले स्वागत गरेका छन् । ‘क्रिकेट मैदान निर्माणको लागि शुरुवात गरिदिनुभएकोमा उहाँलाई धन्यवाद छ । उहाँसँग पहिला पनि यो विषयमा फोनमा कुराकानी भएको थियो । अब कसरी अगाडि बढ्ने भनेर उहाँहरुले फलो गरिरहनुभएको छ,’पारसले मेरोफिल्मसँग भने,‘हामीले खेलमा गरेको प्रगतिबाट प्रभावित भएर सम्मान स्वरुप स्टेडियम बनाउने पहल गर्नुभएकोमा हामी खुशी छौं । हाम्रो तर्फबाट हुने सहयोग भरपूर रुपमा गर्नेछौं ।’
धुर्मुसले नेपाली क्रिकेट टिमले एक दिवसीय क्रिकेटमा मान्यता पाएपछि स्टेडियम बनाउने माहौल बनेको बताए । ‘उहाँसँग फाउण्डेसनको अफिसमा यो विषयमा धेरै बेर कुराकानी भयो । अस्ती जितेर आएपछि पनि कुराकानी भयो । फेरी पनि यो विषयमा छलफल चलिरहेको छ,’ धुर्मुसले भने, ‘सरकारको निर्णय हाम्रा लागि महत्वपूर्ण हुन्छ । त्यसका लागि हामी निर्णय पर्खिइरहेका छौं । हाम्रो अवधारणा सार्वजनिक भएपछि सकारात्मक तरंग पैदा भएको छ । सरकारबाट ग्रीन सिग्नल आउनासाथ हामी काम अगाडि बढाउनेछौं ।’
धुर्मुसले काठमाडौँ, पोखरा या आसपासका क्षेत्रमा स्टेडियम बन्न सक्ने जनाउ थिए । ‘हामी अहिले सरकारी निर्णयको प्रतिक्षामा छौं ।’ उनले भने ।

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया