‘भैरे’ फस्टलुक

फिल्म ‘भैरे’को पोस्टर रिलिज भएको छ । फिल्मका मुख्य कलाकारहरु दयाहाङ्ग राई, सुरक्षा पन्त, बुद्दी तामाङ्ग, बर्षा सिवाकोटी, बिक्रान्त बस्नेत र अनुभव रेग्मी पोस्टरमा अटाएका छन् ।

एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको भैरेमा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारीको निर्माण रहेको छ भने सह-निर्माताका रुपमा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत रहेका छन । फिल्मका कार्यकारी निर्माता लेख बहादुर पुन हुन ।
‘भैरे’मा पुरुषोत्तम प्रधानको छायाङ्कन, सूर्य थोक्करको द्वन्द्व, बनिष शाहको सम्पादन रहेको छ भने नेपालय सिनेमा ईन्टरनेशनलको ब्यानरमा फिल्म निर्माण भएको हो ।
फिल्ममा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको समेत अभिनय देख्न सकिन्छ । फिल्म जेठ १८ बाट प्रदर्शनमा आउँदै छ ।